काठमाडौँ – नेपाली गायिका फुटी शेर्पाले भारतको सिलगुडीमा आयोजित अन्तर्राष्ट्रिय गायन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्नु भएको छ । गत जनवरी ११ तारिखमा सम्पन्न भएको ‘टप थ्री लाइभ प्रस्तुति’ मा उहाले शेर्पा भाषाको गीतमा टुंना बजाएर द थ्री सिज ब्याण्डसँग मिलेर विशेष प्रस्तुति दिनु भएको थियो । बर्णमाला परिवारले आयोजना गरेको यस प्रतियोगितामा नेपालबाट छनोट भएर शेर्पा फाइनलमा पुग्नु भएको थियो ।
यसअघि उहाँले नेपालमा आयोजित हिमालयन एथ्निक गायन प्रतियोगिता २०२४ मा पनि दोस्रो स्थान हासिल गरिसक्नु भएको छ । उहाँले यस सफलतामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै वर्णमाला परिवार, सिक्किम सरकारका मुख्यमन्त्री प्रेम सिंह तामाङ–गोलाई र सबै संगीतकारहरूलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको छ । उहाँ इलामको माइजोग्माई गाउँपालिका –६, प्याङ्ग की रहनु भएको छ ।
उहाँ हाल हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको सचिव साथै शेर्पा समुदायको चर्चित टुङ्ना (डाम्ङ्यान) बाधक र विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण पहिलो शेर्पा महिला गायिका समेत रहेको बताइएको छ ।
प्रतिक्रिया