सरकारले माघ पहिलो साता संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । संसद् अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशबाट सरकार सञ्चालन गर्न लागेको आरोप विपक्षी दलहरुले लगाइरहेको बेला अधिवेशन बोलाउने तयारी भएको हो । सरकारको नेतृत्व गरिरहेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघ पहिलो साता हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको जानकारी दिए । अधिवेशनबाट विभिन्न विधेयक पारित गर्ने सरकारको तयारी छ । नागरिकको सेवा प्रवाह छिटोछरितो र भरपर्दो बनाउन अध्यादेश ल्याउनु परेको बताए । संसदको बर्षे अधिवेशन भदौ ३१ गतेबाट अन्त्य गरिएको थियो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् बैठकका लागि सचिवालय तयारी अवस्थामा रहेको बताए ।
Breaking
प्रतिक्रिया