Breaking

न्यायिक हिरासतमा रवि


काठमाडौं —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले थुनछेक बहश नसकिएकाले लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो । जिल्ला न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएपछि लामिछानेले श्रीमानको आदेश स्वीकार गर्ने बताउनुभएको छ । लामिछाने आज बिहानै अदालतमा उपस्थित हुनुभएको थियो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।।