राजनीति

संसदीय प्रणालीभित्र दलहरुको भुमिका प्रमुख हुने सभामुख घिमिरेको भनाइ


काठमाडौं — सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरुको भुमिका प्रमुख हुने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भुमिका प्रमुख हुने बताए । उनले दलहरुले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताए । दलको भुमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवद्र्धन हुने उनको जिकिर थियो ।

यस्तै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । उनले आफू सभामुख हुँदा र अरु बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको भएपनि अहिले यति ढिलो किन गरेको भन्दै प्रश्न गरेका छन् । पूर्वसभामुख सापकोटाले आर्थिक, विकास र समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको चमत्कारिक विकास आवश्यक भएको बताए ।