समाचार

नेप्सेको ओरालो यात्रा


काठमाडौं —साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत कारोबार दिन अर्थात् बिहीबारदेखि घट्न सुरू गरेको नेप्सेले यस दिन पनि निरन्तरता पाएको हो। बिहीबार भने नेप्से १८.१४ अंक र आइतबार २५.४१ अंक गरी यो दुई दिनमा नेप्से ४३.५५ अंकले घटेको हो। आइतबार नेप्से २६०९.६७ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

गत कारोबार दिन अर्थात् बिहीबार सात अर्ब ३० करोडको सेयर कारोबार भएकोमा आइतबार तीन अर्ब ९९ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ३१ करोड रूपैयाँ कमी आएको हो। आज ३०१ वटा धितोपत्रको ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको हो। आइतबार ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ। यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ।