Breaking

सभापति लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीवार ६५ लाख धरौटी बुझाएर रिहा भएका लामिछाने शुक्रबार नै अदालत उपस्थित हुने भनिएको थियो । यद्दपी स्थलमार्ग हुँदै काठमाडौं आउन समय लागेकाले आज उपस्थित भएको रास्वपाका सह–कोषाध्यक्ष दिपक बोहराले जानकारी दिए ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।