अमेरिका । विश्वकै शक्तिशाली मानिने अमेरिका अहिले डढेलोका कारण आक्रान्त बनेको छ। ठूला–ठूला युद्धको सामना गर्न सक्ने अमेरिकालाई अहिले डढेलोले हायलकायल बनाएको छ। प्रसस्त स्रोत साधन र उपकरण भएको अमेरिकालेसमेत अहिलेसम्म डढेलो नियन्त्रणमा लिन सकेको छैन ।शताब्दी यताकै घातक मानिएको डढेलो नियन्त्रणका लागि हालसम्म गरिएका सबै प्रयास असफल प्राय भएको छ ।
प्यासिफिक प्यालिसेड्समा मंगलबार बिहानदेखि सुरु भएको डढेलोले भयावह रुप लिदा लसएन्जलस शहरको ठूलो क्षेत्र जलेर खरानी भएको बीबीसीले जनाएको छ । चार दिन देखि लागेको डढेलोबाट कयौं घर, पसल, स्कुल, प्रार्थनास्थल, होटलहरू जलेर नष्ट भएका छन् ।
अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भइसकेको छ भने १० हजार भन्दा बढी घर र अन्य संरचनाहरू नष्ट भएको छ । भीषण डढेलोका कारण सहरबाट अनिवार्य रूपमा बाहिरिनुपर्ने आदेशका कारण डेढ लाख भन्दा धेरै मानिसहरूले घर छाडेका छन्। विस्थापित कैयौँ मानिसहरूले घरमा अब फर्कनका लागि केही बाँकी नरहेको बताएका छन्।
अहिलेसम्म दशौँ हजार मानिसको उद्धार गरीएको छ । सहरमा यतिखेर पाँच वटा मुख्य डढेलो सक्रिय रहेको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले मानवीय क्षतिबाहेक १० हजार भन्दा धेरै घरहरू डढेलोबाट नष्ट भएको र थप ६० हजार जोखिममा रहेको बताएका छन्। प्रारम्भिक अनुमानहरूमा कुल क्षति १५० अर्ब अमेरिकी डलरभन्दा बढी हुनसक्ने बताइएको छ। लस एन्जलसमा एक लाखभन्दा धेरै घर तथा व्यवसायहरूमा बिजुली आपूर्ति बन्द भएको छ । लस एन्जलसका अधिकारीहरूले दोस्रो पटक भूलवश पठाइएको आपत्कालीन चेतावनी ’अलर्ट’का लागि क्षमा मागेका छन्। तर त्यस्ता अलर्ट बन्द गरेर भने नबस्न सजग गराएका छन्।
राष्ट्रपति जो बाइडनले लस एन्जलसले आफूलाई “युद्धभूमि“ को सम्झना दिलाएको बताए । उनले मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको बताउदै उनले यस विपद्सँग जलवायु परिवर्तनका पक्ष जोडिएको बताए ।
बाँकी भिडियोसहित
प्रतिक्रिया