काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौं उपस्थित हुदै छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहिवार ६५ लाख धरौटी बुझाएर रिहा भएका लामिछाने शुक्रबार नै अदालत उपस्थित हुने भनिएको थियो ।
यद्दपी स्थलमार्ग हुँदै काठमाडौं आउन समय लागेकाले आज उपस्थित हुन लाग्नु भएको रास्वपाका सह–कोषाध्यक्ष दिपक बोहराले जानकारी दिए ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।।
प्रतिक्रिया