Breaking

सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्छ, जनतालाई धेरै फाइदा हुन्छः महामन्त्री थापा


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस र एमाले मिलेर बनेको सरकार लामो समय चलेको दृष्टान्तहरू पनि रहेको बताए।

ठूला पार्टी मिलेर सरकार बनाउँदै गर्दा जनताले फाइदा पनि पाउनुपर्ने उनले बताए।

महामन्त्री थापाले वर्तमान सत्ता समिकरणले दिनरात नभनि अर्थतन्त्र सुधारको लागि काम गरिरहेको बताए ।