राजनीति

रवि छुट्दा सत्ताको आपत्ति, सूर्य थापाले मुखै खोले


पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछाने धरौटीमा छुटे । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो । लामिछाने हिरासत मुक्त भएसंगै रास्वपामा हर्ष छाएको छ भने अन्य दलहरुले धरौटीमा थुनामुक्त हुँदैमा रोइलो गर्नु नपर्ने टिप्पणी गरेका छन् ।

मिसन ८४ भन्दै कुर्लेका रास्वपा सभापति रवि लामिछाने ८३ दिन हिरासत बसार्इंपछि ६५ लाख धरौटी बुझाएर विहीवार साँझरिहा भए।सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा उनी विरुद्धको मुद्दाको थुनछेक बहसपछि देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासले६५ लाख धरौटीमा हिरासतमुक्त गर्न आदेश दिएको हो । हाललामिछाने हिरासतमुक्त भए पनिमुद्दाको अन्तिम फैसला नआन्जेलसम्मउनले कास्की जिल्लाअदालत तारिखका लागि धाउनु पर्नेछ । मुद्दाको किनारा कुन रुपमा लाग्छ अहिले नै अड्कल गर्न सकिने अवस्था छैन । यद्यपि, उनले सफाइ पाउँछन् ? वा पाउँदैनन् ? भविष्यमा यसको निर्धारण हुने नै छ। तर हिरासतमुक्त भए पछि लामिछानेले न्यायप्रणालीमाथि विश्वास बढेकोप्रतिक्रिया दिएका छन् । उनले धेरै लडाईं लड्न बाँकी रहेको र बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला भन्दै संक्षिप्त अभिव्यक्ति दिए ।

रवि थुनामुक्त हुँदा रास्वपा नेता कार्यकताका साथै शुभचिन्तकहरुमा खुशियाली छाएको छ । मानौँ उनीहरु यसरी रमाउँदै छन् कि रविले क्लिन चिट नै पाइसके ।यद्यपि, रवि हिरासतमुक्त हँुदा वृद्धदेखि युवासम्ममा खुशियाली छाएको देखिन्थ्यो ।

ठुलै युद्ध जिते सरी रास्वपाका नेता कार्यकर्ताले अदालत परिसरदेखि अस्पतालसम्मै विजयोत्सव मनाए। रवि थुनामुक्त भएपछि उनीहरुले न्याय नमरेको भन्दै अदालतको फैसालाप्रति खुसी व्यक्त गरेका छन् ।

लाखौं सहकारी पीडितको विषयलाई मोडेर सिंगो राज्य लामिछानेको पछि लागेको भन्दै राजनीतिक विश्लेषकहरुले समेत चिन्ता व्यक्त गर्न थालेका छन् । एक रवि मुक्त हुने÷नहुने विषयभन्दा पनि सिंगो सहकारी समस्यालाई कसरी समाधान गर्ने भन्ने विषय महत्वपूर्ण रहेको उनीहरुको तर्क छ ।

रास्वपा सभापति लामिछाने धरौटीमा थुनामुक्त हुनुको कुनै औचित्य नरहेको कतिपयको टिप्पणी छ । सहकारीको बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा लामिछाने दोषी नै हुन्, भनेको तर्क गरेका छन् ।थापाले सहकारी ठगीमा आफ्नो संलग्नता छैन भनेर लामिछानेले इन्कारी बयान दिएपनि अदालतले खातामै पैसा जम्मा भएको प्रमाण फेला पारेको बताए । उनले अदालतको फैसलाले लामिछाने कसुरदार हुन् भनेको दाबी गरे ।उनले लामिछानेलाई कसुरदारको हैसियतमा रहेर व्यवहार गर्नसमेत सुझाव दिए ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने समय तालिका थियो । तर उनी सडकमार्ग हुदैँ काठमाडौं आएका कारण शुक्रबार अदालत उपस्थित हुन सकेनन् ।

शनिबार सार्वजनिक बिदा परेकाले अब आइतबार मात्र उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने कागज गराई बिहीबार परिवारको जिम्मा लगाइएको थियो । कास्की जिल्ला अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा उनको स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा लगाएको हो । लामिछानेसँगै छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भइसकेका छन् ।पोखराबाट धरौटीमा छुटेका लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतले कस्तो आदेश दिन्छ ? यसप्रति सबैको चासो बढिरहेको छ भने बाँकी तीन जिल्लामा उनीविरुद्ध आउने आदेशले पनि उनको आगामी भविष्यलाई निर्धारण गर्ने छ ।

माथि प्रीति फन्टका अक्षरहरू अनुसारको युनिकोड तलको बक्समा हेर्नुहोस् स्
क्उभअष्ब िऋजबचबअतभचक स् र्‍य र्‍ ऋ ॠ ङ ञ क्ष ज्ञ ॐ ण ।
रवि छुट्दा सत्ताको आपत्ति, सूर्य थापाले मुखै खोले

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछाने धरौटीमा छुटे । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो । लामिछाने हिरासत मुक्त भएसंगै रास्वपामा हर्ष छाएको छ भने अन्य दलहरुले धरौटीमा थुनामुक्त हुँदैमा रोइलो गर्नु नपर्ने टिप्पणी गरेका छन् ।

मिसन ८४ भन्दै कुर्लेका रास्वपा सभापति रवि लामिछाने ८३ दिन हिरासत बसार्इंपछि ६५ लाख धरौटी बुझाएर विहीवार साँझरिहा भए।सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा उनी विरुद्धको मुद्दाको थुनछेक बहसपछि देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासले६५ लाख धरौटीमा हिरासतमुक्त गर्न आदेश दिएको हो । हाललामिछाने हिरासतमुक्त भए पनिमुद्दाको अन्तिम फैसला नआन्जेलसम्मउनले कास्की जिल्लाअदालत तारिखका लागि धाउनु पर्नेछ । मुद्दाको किनारा कुन रुपमा लाग्छ अहिले नै अड्कल गर्न सकिने अवस्था छैन । यद्यपि, उनले सफाइ पाउँछन् रु वा पाउँदैनन् रु भविष्यमा यसको निर्धारण हुने नै छ। तर हिरासतमुक्त भए पछि लामिछानेले न्यायप्रणालीमाथि विश्वास बढेकोप्रतिक्रिया दिएका छन् । उनले धेरै लडाईं लड्न बाँकी रहेको र बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला भन्दै संक्षिप्त अभिव्यक्ति दिए ।

रवि थुनामुक्त हुँदा रास्वपा नेता कार्यकताका साथै शुभचिन्तकहरुमा खुशियाली छाएको छ । मानौँ उनीहरु यसरी रमाउँदै छन् कि रविले क्लिन चिट नै पाइसके ।यद्यपि, रवि हिरासतमुक्त हँुदा वृद्धदेखि युवासम्ममा खुशियाली छाएको देखिन्थ्यो ।

ठुलै युद्ध जिते सरी रास्वपाका नेता कार्यकर्ताले अदालत परिसरदेखि अस्पतालसम्मै विजयोत्सव मनाए। रवि थुनामुक्त भएपछि उनीहरुले न्याय नमरेको भन्दै अदालतको फैसालाप्रति खुसी व्यक्त गरेका छन् ।

लाखौं सहकारी पीडितको विषयलाई मोडेर सिंगो राज्य लामिछानेको पछि लागेको भन्दै राजनीतिक विश्लेषकहरुले समेत चिन्ता व्यक्त गर्न थालेका छन् । एक रवि मुक्त हुने÷नहुने विषयभन्दा पनि सिंगो सहकारी समस्यालाई कसरी समाधान गर्ने भन्ने विषय महत्वपूर्ण रहेको उनीहरुको तर्क छ ।

रास्वपा सभापति लामिछाने धरौटीमा थुनामुक्त हुनुको कुनै औचित्य नरहेको कतिपयको टिप्पणी छ । सहकारीको बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा लामिछाने दोषी नै हुन्, भनेको तर्क गरेका छन् ।थापाले सहकारी ठगीमा आफ्नो संलग्नता छैन भनेर लामिछानेले इन्कारी बयान दिएपनि अदालतले खातामै पैसा जम्मा भएको प्रमाण फेला पारेको बताए । उनले अदालतको फैसलाले लामिछाने कसुरदार हुन् भनेको दाबी गरे ।उनले लामिछानेलाई कसुरदारको हैसियतमा रहेर व्यवहार गर्नसमेत सुझाव दिए ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने समय तालिका थियो । तर उनी सडकमार्ग हुदैँ काठमाडौं आएका कारण शुक्रबार अदालत उपस्थित हुन सकेनन् ।

शनिबार सार्वजनिक बिदा परेकाले अब आइतबार मात्र उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने कागज गराई बिहीबार परिवारको जिम्मा लगाइएको थियो । कास्की जिल्ला अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा उनको स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा लगाएको हो । लामिछानेसँगै छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भइसकेका छन् ।पोखराबाट धरौटीमा छुटेका लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतले कस्तो आदेश दिन्छ रु यसप्रति सबैको चासो बढिरहेको छ भने बाँकी तीन जिल्लामा उनीविरुद्ध आउने आदेशले पनि उनको आगामी भविष्यलाई निर्धारण गर्ने छ ।