अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न चाहेको बताएका छन् । पुटिनलाई भेट्न ट्रम्पको हतारोले युुक्रेनसंगको अमेरिकी सम्बन्धमा दरार त आएको होइन ? भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न चाहेको बताएका छन् । सन् २०२२ को फेब्रुअरीदेखि रूसी आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापना गर्ने आफ्नो चुनावी अभियानका क्रममा प्रतिबद्धता जनाएपछि उनले पदभार ग्रहण गर्नुभन्दा डेढ हप्ताअघि यस्तो अभिव्यक्ति दिएका हुन् । फ्लोरिडाको पाम बीचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको भेटमा ट्रम्पले पुटिनसँग भेट्न चाहेको र त्यसका लागि आफूहरुले बन्दोबस्त गरिरहेको बताए ।
उनले भने, ‘राष्ट्रपति पुटिनले भेट्न चाहेको कुरा सार्वजनिक रूपमा पनि बताउनुभएको छ । हामीले रूस–युक्रेन युद्ध अन्त्य गर्नुपर्छ । यो एक रक्तरञ्जित घटना हो ।’ ट्रम्पले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस प्रस्ताव सार्वजनिक गरेका छैनन् तर संयुक्त राज्य अमेरिकाले किएभलाई पठाएको ठूलो परिमाणको सैन्य सहायताको बारम्बार आलोचना गर्दै आएका छन् । हुुन त ट्रम्पले राष्ट्रपति चुुनावको दौरान रुस युुक्रेन युुद्धदेखि विश्वमा भइरहेको युुद्धलाई अन्त्य गर्ने बाचा नै गरेका थिए ।
केहीले यही बाचा पूरा गर्न रुस भ्रमणमा जान लागेको विश्लेषण गर्न थालेका छन् भने केहीले ट्रम्प रुस जानुुमा रुससंग धेरै निकटता रहेको बताउछन् । हुुन त ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ‘सेल्सम्यान’ को रूपमा खिल्ली उडाउँदै आएका छन् भने पुटिनको बिरलै आलोचना गर्ने र कहिलेकाहीँ प्रशंसासमेत गर्ने गरका छन् । राष्ट्रपति जो बाइडेनको नेतृत्वमा युक्रेनलाई पठाइएको ठूलो सैन्य सहायताको आलोचना गर्नुका साथै ट्रम्पले पश्चिमी सैन्य गठबन्धन नेटोमा अमेरिकाको निरन्तर संलग्नतामाथि शङ्का व्यक्त गरेका छन् । बाइडेनको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिका युक्रेनको सबैभन्दा ठूलो युद्धकालीन समर्थक रहँदै आएको छ ।
गत फेब्रुअरी २०२२ देखि ६५ अर्ब डलरभन्दा बढीको सैन्य सहायता अमेरिकाले युक्रेनलाई प्रदान गर्दै आएको छ । विश्व रङ्गमञ्चमा युद्ध, अशान्ति, अविकास र असन्तुलनको तुवाँलो लागिरहेका बेला ट्रम्पको पुनरागमनले विश्वको नजर अहिले उनीमाथि छ । आगामी जनवरी २० देखि ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हाल्दै छन् । त्यसका लागि अब १० दिन मात्रै बाँकी रहँदा उनले भने आफ्नो पूर्व तयारीलाई तीव्र बनाएका छन् । कार्यभार सम्हाल्नु अघि नै उनी विभिन्न विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा समेत पर्दै आएका छन् । यद्यपिञञञञ, अमेरिकाको राष्ट्रपतिको पदभार ग्रहणपछि उनले थप के कस्तो निर्णयहरु लिने छन् ? भनेर विश्व समुदायको नजर उनीमाथि केन्द्रित भइरहेको छ ।
प्रतिक्रिया