राजनीति

समाजवादी मोर्चाको बैठक माघमा बस्ने


काठमाडौं — समाजवादी मोर्चाको बैठक माघ २ गते बुधबार बस्ने भएको छ । आगामी बुधबार समाजवादी मोर्चाको बैठक बस्न लागिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् । प्रचण्डले हिजो र आज सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका थिए । समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।