काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि चीनका राजदूत छन सोङले भेटवार्ता गरेका छन् । भेटवार्ता सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो ।
भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले परराष्ट्रमन्त्री डा. राणासँग चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको तथा त्यस अवसरमा दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको जनाएको छ ।
प्रतिक्रिया