काठमाडौँ — कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आजै थुनछेक आदेश दिनसक्ने भएकाले सम्भावित सुरक्षा खतरालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । निषेधित क्षेत्र आसपास सुरक्षा कडा पारिएको अन्य बाह्य क्षेत्रमा पनि आदेशपछि हुनसक्ने सुरक्षा थ्रेटलाई मध्यनजर गरी अदालत आसपास क्षेत्रमा निगरानी बढाइएको कास्की प्रहरीका एक अधिकृतले जानकारी दिए ।
रास्वपाका सभापति पूर्वगृहमन्त्री रवि लामिछानेसँग मुद्दा जोडिएकाले पनि उक्त आदेशलाई अर्थपूर्णरुपमा हेरिएको छ । जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बहस सकिएकाले सम्भव भएसम्म थुनछेक आदेश आजै दिने तयारी अदालतको छ । रवि लामिछानेलाई अन्य जिल्लामा लैजाँदा र ल्याउँदा देखिएको सुरक्षा खतरालाई ध्यानमा राखेर प्रहरीले आवश्यक तयारी गरेको छ। आदेश आउँदा जम्मा भएका रास्वपाका नेता कार्यकर्ताहरुबाट प्रदर्शन हुनसक्ने आँकलन कास्की प्रहरीको छ ।
प्रतिक्रिया