काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कमिशन खानलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन् । बिहीवार सिंहदरबारमा बसेको अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपालले काँग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाएका हुन् ।
उनले भैरहवा र पोखरा अन्ताराष्ट्रिय विमानस्थल नचल्दा पनि विमानस्थल बनाउने निर्णय गर्नु देशलाई नोक्सानी मात्रै हुने बताए। उनले छिमेकी जिल्ला बैतडी र डोटीका विमानस्थल चल्न नसकेका वेला डडेलधुरामा विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिशन खानु रहेको स्पष्ट पारे ।
उनले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गरे । मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरू कुनै उद्देश्य नरहेको बताए। विमानस्थलहरू चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरुले लिनुपर्ने बताए ।
प्रतिक्रिया