Breaking

सहकारीको अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा जारी सरकारी वकिलको जवाफी बहस सकियो


काठमाडौँ — पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा जारी सरकारी वकिलको जवाफी बहस सकिएको छ । आरोपी रवि लामिछानेसहित सातै प्रतिवादीमाथिको सरकारी वकिलको जवाफी बहस सकिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका हुन् । अब प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिइने भएको छ । यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।