काठमाडौं । केही समय शान्त बनेको पर्यटकीय राजधानी पोखरा गत शुक्रबार कांग्रेसका महामन्त्रीगगन थापा पुगेपछि पुनः अशान्त बनेको छ । पार्टीको प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन भन्दै पोखरा पुगेका गगनले सहकारी पीडित र रास्वपा कार्यकर्ताहरुमा आगो सल्काएर फर्किएकोटिप्पणी भइरहेको छ । फलतःअहिले पोखरा तरंगित बनेको छ ।
बुधबार कास्की जिल्ला प्रशासन कार्यालयलेसम्भावित जोखिमको मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाइका साथै जिल्ला अदालत आसपासअघोषित रुपमा कफ्र्यु नै लगाउनुप¥यो । मंगलबार लामिछानेको थुनछेक बहस सकिएपछि रास्वपाका समर्थकहरूले अदालत बाहिर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध नाराबाजीगरेका थिए ।
कास्की जिल्ला अदालतमा थुनछेक बहसको मिति नजिकिदै गर्दा रास्वपाका नेता कार्यकताहरु पोखरामा भेला हुन थालेका छन् । सहकारी पीडितहरु पनि रवि थुनामुक्तहुन सक्ने आकलन गर्दै अदालत आसपास जम्मा हुन थालेका छन् । जसका कारणसम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मंगलबारदेखि नै संवेदनशील क्षेत्र जिल्ला प्रशासन, अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत सोमबारदेखि थुनछेक बहस सुरु भएको हो । पहिलो चरणमा अभियोजनकर्ताका तर्फबाट सरकारी वकिल कार्यालयका वकिलहरुले बहस गरेका थिए । त्यसपछि जाहेरवाला(सहकारी पीडित)का वकिलहरुले रविलाई थुनामा पठाउनु पर्ने माग गर्दै बहस गरेका थिए ।
कास्की प्रहरीको हिरासतमा रहेका (रास्वपा) सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङको पक्षका वकिलका तर्फबाट यसअघि नै बहस सकिएको थियो ।
बाँकि भिडियोसहित)
प्रतिक्रिया