काठमाडौं । न्यायाधीश नीतिज राई । कास्की जिल्ला अदालतको इजलास नम्बर सात । जो पछिल्लो एक महिनायता चर्चाको चुलीमा छन् । किन कि राजनीतिमा नयाँ पुस्ता भनिएका पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेको भाग्य र भविष्यको बाटो न्यायालयका नयाँ पुस्ता राईले कोर्दै छन् ।
लामिछाने पक्षका समर्र्थकहरुले राईको देवत्वकरण गर्न कुनै कसर बाँकी राखेका छैनन् । किन कि सरकारले मुद्दा अभियोजनमै प्रतिशोध राखेको र न्यायालयमा समेत हस्तक्षेप गरेकाले ‘रवि दाई’ले न्याय पाउने प्रचार रास्वपा समर्थकहरुको छ । अर्को पक्ष छ, जसले लामिछाने ठग नै भएकाले सहकारी पीडितलाई राईको इजलासले न्याय दिनेमा विश्वस्त छ ।
उनीप्रति सबैको यति धेरै आशा हुनुको एकमात्र कारण हो–उनको पृष्ठभूमि । सबै न्यायाधीश खराब भन्ने होइनन् । स्वच्छ प्रतिस्पर्धाबाट न्याय सेवामा प्रवेश गर्नु, निष्कलंक विगतका कारण उनीप्रति धेरैको आशा हुनु स्वभाविक पनि हो ।
२०४७ सालमा धनकुटामा जन्मिएका न्यायाधीश राई नेपालका बहालवाला न्यायाधीशमध्ये सबैभन्दा कान्छा हुन् । गत बैशाखमा लोकसेवा आयोगले लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा खुलातर्फ उत्तीर्ण भएका थिए । ४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलाइँदा २०३ जनाको प्रतिस्पर्धामा नीतिजसहित आठ जना मात्र पास भएका थिए । उनको पोस्टिङ पहिलो पटक कास्की जिल्ला अदालतमै भएको हो ।
सामाजिक सञ्जालमा राईको जतिसुकै चर्चा भए पनि त्यसको अर्थ नहुने कानुनका जानकारहरु बताउँछन् । राईले इजलासमा बहसका क्रममा समेत आफ्नो तर्क बलियो देखाउन मिल्ने जति सबै सुविधा दिएका छन् । रवि लामिछाने पक्षको बहस चल्दा इजलासमै ल्यापटपसम्म लैजान दिइएको थियो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, हालका प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी महानिरीक्षक बसन्त कुँवरले क्लिन चिट दिएका भिडियो क्लिप इजलासमै देखाइयो ।
बाँकि भिडियोसहित)
प्रतिक्रिया