कास्की । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीतर्फका वकिलहरूको बहस सकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरूतर्फका अधिवक्ताहरूको बहस बुधबार सकिएको हो ।
अब जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ । त्यसपछि भोलिसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुनेछ । उक्त जवाफी बहस सकिएपछि आदेश आउने छ ।
सम्भवत भोलिसम्ममा आदेश आउनसक्ने सम्भावना छ । अहिले पोखरामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
जिल्ला अदातलका न्यायाधीश नीतिज राईको इजलासमा एक सातादेखि जारी बहस सकिदा प्रशासनले सुरक्षा व्यवस्थाकडा बनाएको हो । पोखराका मुख्य चोकसहित संवदेनशील स्थानहरूमा आजदेखि सुरक्षा कडा बनाइएको कास्की प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्की अगाडि आसपास क्षेत्रमा सवारीसाधन सञ्चालमा रोक लगाइएको छ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गतकात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
प्रतिक्रिया