Breaking

९ दिनदेखि उभिएर धर्ना बसेका चापागाईंलाई शिक्षामन्त्री भट्टराईको आश्वासन


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि ९ दिनदेखि माइतीघरमा उभिएर धर्ना दिइरहेका विद्यार्थी नेता नेत्र चापागाईंले धर्ना स्थगित गरेका छन् ।

शिक्षामन्त्री भट्टराईसहित संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्मरबहादुर थापाले धर्नास्थल माइतीघर पुगेर माग पूरा गर्ने आश्वासन दिए ।

चापागाईंलाई समितिको बैठकमा डाकेर मागबारे छलफल र सुझाव लिइने प्रतिबद्धतापछि उनले धर्ना तोडेका हुन् । शिक्षामन्त्री भट्टराईले चापागाईंले अघि सारेका मागहरू शिक्षाको पनि एजेन्डा रहेको बताए ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ को सुझावअनुसार शिक्षा ऐन शिघ्र जारी हुनुपर्ने चापागाईंको मुख्य माग छ ।