Breaking

पाँच महिनामा जङ्गली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु, पाँच सय ९९ घाइते


काठमाडौं । पछिल्लो पाँच महिनामा जङ्गली जीव जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा सर्प, बाघ, गैंडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाको मृत्यु भएको हो ।

पाँच महिनामा सबैभन्दा धेरै सर्पको आक्रमणबाट ७० जनाको मृत्यु भएको छ । यस्तै हात्तीको आक्रमणबाट ६ जना, गैंडाको आक्रमणबाट चार जना र बाघको आक्रमणबाट तीनजनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ ।

जीव जनावरको आक्रमणबाट पाँचसय ९९ जना घाइते भएका छन् ।