सूर्यदर्शन सहकारीको रकम अपचलनमा सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाका नेता, कार्यकर्ताहरु सरकारसँग आक्रोशित देखिन्छन् । पोखरामा पीडितका पक्षमा वकालत गर्न पुगेका वकिलदेखि सरकार पक्षका नेताहरु पोखरा पुग्दा आन्तरिक चलखेल सुरु भएको भन्दै अहिले उनीहरु शशंकित बन्न थालेका छन् ।यसका साथै उनीहरु सामाजिक सञ्जालमासमेत तुच्छ गालीगलौज र आलोचनामा उत्रिरहेका छन् ।
पार्टीको मेरुदण्डरव लामिछानेनै ८० दिनदेखि हिरासतमा रहँदा पार्टी अभिभावकबिहीन बनेको छ । पार्टीले यसलाई राजनीतिक प्रतिशोधका रुपमा ब्याख्या गर्दै हिँडेको छ । अवस्था यहाँसम्म पुगेको छ की सत्ताका हरेक गतिविसँग रास्वपा तर्सन थालेको छ । यतिसम्म कि सहकारी जोडिएका हरेक निर्णय र सरकारका कदममा रविलाई मात्र लक्षित गरी कदम चालएको रुपमा कार्यकर्ताले ब्याख्या गरिरहेका छन् ।
शुक्रबार साँझ कांग्रेस महामन्त्री गगन थापा पार्टीको कार्यक्रममा सहभागी हुन पोखरा पुगे । दुई दिनदेखि उनी पोखरामै छन् । पार्टीका कार्यकर्ता भेट्न होटलमा बसेका गगनमाथि रास्वपा कार्यकर्ताले रविको मुद्दा प्रभावित पार्न पोखरा पुगेको भन्दै होटलकै नाम सार्वजनिक गरियो । तर, आइथतबार सहकारी पीडितले पार्टी कार्यालयमै गगनसँग भेट्न खोज्दा उनले इन्कार गर्दा पीडित प्रर्दशनमै उत्रिए । सहकारी पीडितलाई नै भेट्न नमानेका गगन मुद्दा प्रभावित पार्न गएको रास्वपाको आरोप खण्डित भएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा लामिछानेसहितका प्रतिवादीहरुको थुनछेक बहस चलिरहेको छ । यसक्रममा सरकारी पक्ष र पीडित पक्षका तर्फबाट लामिछानेविरुद्ध बहस गर्दा रास्वपा नेता तथा कार्यकर्ताहरु शशंकित र आक्रोशित बनेका छन् । रवि लामिछानेको पक्षमा नाम चलेका झण्डै १५ जना वकिलले बहस गर्दा सरकारी वकिल काठमाडौंबाट झिकाएको विषयलाई समेत रास्वपाले अनावश्यक उचालेको देखिन्छ । लामिछानेविरुद्ध कसैले पनि बहस गर्नै नहुने भन्ने खालको विचारबाट रास्वपा नेता तथा कार्यकर्ताहरु गुज्रिनु अराजनीतिक प्रवृत्ति भएको सहकारी पीडितका पक्षमा बहस गर्न पोखरा पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् । त्रिपाठीले बहसका क्रममा पनिरास्वपाका सभापति लामिछानेलाई नैतिकता छ भने आफ्नो नेता कार्यकतालाई गाली गलौजमा उत्रिनबाट रोक्न निर्देशन दिन आग्रह गरेको बताए ।कुनै पनि विचार नभएको भिडको रुपमा रास्वपादेखिएको उनको टिप्पणी छ ।
सरकारले पछिल्लो समय ल्याएको सहकारी विधेयकसमेत सभापति लामिछानेलाई फसाउन ल्याइएको भन्दै उनीहरुले विरोध गरिरहेका छन् । जब कि उनीहरुले भने जस्तो सहकारी विधेयकमा कुनै पनि तथ्य भेटिँदैन । त्यस्तै दल विभाजन अध्यादेशको विषयमा पनि रास्वपाले आपत्ति जनाएको छ । आफ्नो दल विभाजन गर्न सरकारले सो अध्यादेश ल्याउन खोजेको जस्तै गरी शशंकित बन्दा रास्वपा फुट्न सक्ने भय सो पार्टीभित्र देखिन्छ ।
भापति लामिछाने थुनामा परेको पीडा एकातिर छ भने उनीविरुद्धको आरोपको प्रतिवाद तथा खण्डन गर्नु पर्ने बाध्यताका कारण रास्वपा नेताहरुको आक्रोश झनै बढ्दै गएको छ । लामिछानको विपक्षमा कोही उभिए र बोले भने पनि व्यक्तिगत गोपनीयता र संवेदनशीलतालाई समेत ख्याल नगरी उनीहरुसामाजिक सञ्जालमा अभद्र र छुद्र रुपमा प्रस्तुत हुन थालेका छन् । जसले विकल्प भनिएका नयाँ शक्तिहरु आफैँ उदाङ्गिदै गएको विश्लेषण हुन थालेको छ।विकल्प भनेको नयाँ र नामले नहुने भन्दै विचार र आचरणले देखिने कतिपय विश्लेषकको तर्क छ ।
पोखरामा थुनछेक बहस जारी रहेकै समय काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध अर्को मुद्दा दायर भएको छ ।जहाँ गोर्खा मिडियाका अध्यक्ष जीबी राई र लामिछानेको संयुक्त खाता नै खोलिएको देखि सवारी लोन लिइएकोसम्मका विषय रविविरुद्धका दरिलो प्रमाणका रुपमा देखिएका छन् । पोखराबाट लामिछानेले छुटकरा पाइहाले पनि चितवन, पर्सा र बुटवलमा समेत अनुसन्धान जारी रहेकाले त्यहाँ पनि न्यायीक लडाईं लड्नुपर्नेछ । तर, रास्वपाले यो प्रक्रियालाई समेत प्रतिशोधको अर्थमा हेर्ने गरेको छ ।
प्रतिक्रिया