काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पु¥याउन उद्यत देखिएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डको नाम उल्लेख नगरी उनलाई ‘अस्थिरता, अराजकताको प्रयास गरिरहेको पात्र भएको बताएका छन् ।
माओवादी नेतृत्वले पूर्वराजावादीहरूसँग उठबस गरिरहेको ओलीको आरोप छ । सरकारमा रहँदा आफैंले कारबाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा उत्रिएको आरोप प्रचण्डविरुद्ध ओलीले लगाएका छन् ।
ओलीले कांग्रेस–एमालेबीच गठबन्धन भएपछि अस्थिरतामा रमाइरहेका समूहहरूमा बेचैनी उत्पन्न भएको बताए ।
प्रतिक्रिया