काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल ओलम्पिक कमिटी एनओसीमा निर्वाचनमा सहभागी बनेका २७ खेलकुद संघलाई स्पष्टिकरण सोधेको छ ।
अदालतको आदेश र सरकारको बारम्बारको निर्देशनलाई अवज्ञा गर्दै एनओसी निर्वाचनमा सहभागी भएको भन्दै राखेपले ओलम्पिकमा आबद्ध २७ संघलाई स्पष्टिकरण सोधेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ बमोजिम भएको निर्देशन पालना नगरेको देखिएकाले तीन दिनभित्र उचित कारण सहितको प्रष्टिकरण दिन खेलकुद मन्त्री तेजुलाल चौधरीको निर्देशन अनुसार राखेपले संघहरुलाई पत्र काटेको हो ।
सर्वोच्च अदालत र नेपाल सरकारको निर्देशनलाई अवज्ञा गर्दै जीवनराम श्रेष्ठले आफुलाई नेपाल ओलम्पिक कमिटीको तेस्रो कार्यकालको अध्यक्ष घोषणा गरेका छन् ।
ओलम्पिकको मतदान प्रकृयामा नेपाल कबड्डी संघ, नेपाल टेबल टेनिस संघ, नेपाल आर्चरी संघ, नेपाल ब्याडमिन्टन संघ, नेपाल बास्केटबल संघ, नेपाल बक्सिङ संघलगायत सहभागी थिए ।
प्रतिक्रिया