काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरुले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलालई सुझाव दिएका छन् ।
आज बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकमा स्थायी कमिटी सदस्यहरुले यस्तो सुझाव दिएका हुन् । संगठनात्मक सिद्धान्तको बारेमा बैठकमा छलफल हुँदा अधिकांश सदस्यहरुले माओवादी संगठनात्मक सिद्धान्तलाई नै आधार बनाइ नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न जरुरी रहेको बताए ।
बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले युवाहरुलाई प्रशिक्षित र संगठित गर्नेबारेमा पनि सुझाव आएको बताए ।
यसैबीच, माओवादी केन्द्रको केन्द्रिय कमिटीको बैठक काठमाडौंको एक होटलमा जारी छ ।
प्रतिक्रिया