काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ । पार्टी कार्यालय चःमतिमा जारी बैठकमा संविधान परिमार्जनलगायतका विषयमा छलफल हुँदै छ । राजनीतिक प्रतिवेदनको प्रस्तावनाको व्याख्या एवम् सर्वांगिण विकासको भावी रोडम्यापबारे पनि छलफल हुने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।
जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनका आधारमा गर्नुपर्ने, पार्टीको आगामी कार्यदिशा, कार्यक्रम तालिकाबारे छलफल हुने लगायतको कार्यसूची रहेको छ । बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र थिंकट्यांक एवम् केन्द्रीय विभागको पुनर्संरचनाबारे पनि छलफल हुने झाले जानकारी दिनुभयो ।
प्रतिक्रिया