काठमाडौं– सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिकसहित कांग्रेससँगको सहकार्यका विषयमा पनि फलफल गरिने जनाइएको छ ।
साथै, सरकार गठनयता ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबीच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् । यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यस पटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया