काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भयानक असहयोग भएको महसुस भएको स्मरण गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्र्रोराष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले कर्मचारी संगठनका नेतृत्वले अपमानित र हिनताबोध हुनेगरी गाली गर्ने काम भएको बताएका थिए । उनले अहिले कर्मचारी र आफूहरू एउटै कित्तामा रहेको जिकिर गरे । त्यस्तै उनले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भए पनि अहिले त्यस्तो नभएको गुनासो गरे । प्रचण्डले अहिले सत्तापक्ष र प्रतिपक्षको बीचमा संवाद रोकिएको पनि बताएका छन् ।
Breaking
प्रतिक्रिया