Breaking

बेलायती सदनको कार्यक्रममा सम्बोधन गर्न जाँदै शेखर कोइराला


काठमाडौँ – नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले बेलायती सदन वेस्ट मिनिस्टरको कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।

कांग्रेस नेता डा‍। गोबिन्द पोखरेलका अनुसार त्यसरी सम्बोधन गर्ने कोइराला प्रथम नेपाली नेता हुनेछन् । यस अगाडि नेपाली राजाहरुको बेलायत भ्रमण हुँदा दरबारमा सम्बोधन हुने गरेको पोखरेलले नेपाल प्रेसलाई बताए । सम्बोधन जनवरी १३ अर्थात पुस २९ मा हुने भएको हो ।

बेलायतसरकारको एशिया मामलाका विदेश राज्यमन्त्री क्याथराइन वेष्ट तथा उद्योग व्यापार क्षेत्रका मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा पुस २५ मा कोइराला बेलायत प्रस्थान गर्नेछन् ।