Breaking

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ


काठमाडौँ – रौतहटमा एक जना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् ।

कटहरिया नगरपालिका(१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।

पक्राउ परेका जितनलाई म्याद थप गराइ थप अनुसन्धान गरिरहेको उनले बताए । उनीमाथि आफ्नै भाइकी श्रीमती शारदा देवीको हत्या गरेको आरोप छ । शारदाको २०६५ पुस २७ गते खेतमा गाडेको अवस्थामा शव फेला परेको थियो । त्यसबेलादेखि जितन फरार थिए ।