काठमाडौँ – शेर्पा सञ्चार समूह नेपाल, ताप्लेजुङ जिल्ला कार्य समितिको दोस्रो जिल्ला अधिवेशन आज (शुक्रबार) सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल शेर्पा संघ कोशी प्रदेश कार्य समिति सदस्य श्रीमती मिङ्मा खाङडु (सर्मिला) शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, बिशिष्ट अतिथि नेपाल शेर्पा संघ जिल्ला कार्य समिति अध्यक्ष पासाङ रिता शेर्पा, जिल्ला संस्थापक अध्यक्ष मात्रिका शेर्पा, र उद्योग वाणिज्य महासंघ जिल्ला कार्य समिति वरिष्ठ उपाध्यक्ष दावा शेर्पाको गरिमामय उपस्थिति रहेको थियो।
‘आम सञ्चार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागिता, सञ्चार क्षेत्रलाई व्यवसायीकरण गर्ने हाम्रो प्रतिबद्धताू भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम नेपाल शेर्पा संघ जिल्ला कार्य समिति, ताप्लेजुङको कार्यालय सभाहलमा आयोजना गरिएको थियो।
अधिवेशनले देहाय बमोजिमको नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरेको छ :
१. अध्यक्षस् श्री तेन्जिङ शेर्पा
२. उपाध्यक्षस् सुश्री पासाङ ल्हामु शेर्पा
३. सचिवस् श्री तेन्जिङ (शंकर) शेर्पा
४. कोषाध्यक्षस् श्रीमती दा खाङडु शेर्पा
५. सदस्यस् श्री दावा नावा शेर्पा
६. सदस्यस् श्री पासाङ लन्डुप शेर्पा
७. सदस्यस् श्री पेम्बा शेर्पा
८. सदस्यस् सुश्री मिङ्मा लाकी शेर्पा
९. सदस्यस् सुश्री ल्हाजुङ्मा शेर्पा
यस सफल अधिवेशनले शेर्पा सञ्चार समूहको आगामी लक्ष्य र योजनालाई थप सशक्त बनाउने विश्वास लिइएको छ।
प्रतिक्रिया