समाचार

१ लाख ४२ हजार रेष्टुरेण्टमा ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख लगानी


काठमाडौं — नेपालमा राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेको तथ्यांक सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय होटल तथा रेष्टुरेण्टको संख्या देशभर १ लाख ४२ हजार २२३ रहेको जनाएको हो । आर्थिक वर्ष २०७९÷०८० भित्र तथ्यांक कार्यालयले गरेको सर्वेक्षणमा आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेण्टको संख्या १ लाख ४२ हजार २२३ रहेको तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले जानकारी दिए ।

उक्त संख्यामा रहेका होटल तथा रेष्टुरेण्ट सञ्चालकहरुको संख्या ३ लाख ८७ हजार ७४७ रहेको तथ्यांक कार्यालयले जनाएको छ । यस अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरुले कार्यरत तलवी कामदारहरुको लागि तलव ज्याला र सुविधामा करिव २० अर्ब ६१ करोड ५० लाख खर्च हुने गरेको तथ्यांकले देखाएको छ । होटल तथा रेष्टुरेण्टमध्ये करिव २८.४% ले वित्तीय संस्थाहरुसँग ऋण लिएको देखिएको र ७१.६% प्रतिष्ठानहरुको ऋण नभएको देखिएको बताए ।