काठमाडौं — नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओली आफैंले प्रतिगामी भनेकाहरुसँगको साँठगाँठमा रहेको आरोप लगाएका छन् । आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेको बताए । नेता रावलले निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएको बताएका छन् । उनले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे ।
Breaking
प्रतिक्रिया