कामठाडौं — नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । एमालेको चितवनमा भएको महाधिवेशनमा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफूलाई विभेद गरेको रावलले बताए । पार्टीको महाधिवेशनका क्रममा चितवनमा आफूमाथि भएको कार्यको स्मरण गर्दै बुधबारको पत्रकार सम्मेलनमा उनले पार्टीकै केटाहरूलाई लगाएर आफू बसेको होटलमा नाराबाजी गर्न लगाइएको समेत बताए । नेता रावलले आफ्नै व्यवस्थाले बसेको होटल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइएको आरोप समेत लगाएका छन् ।
यस्तै ओलीले महाधिवेशनको बेला चितवनमा वरियतामा तल भएका ४ जनालाई विशेष होटलमा बस्ने व्यवस्था गरेपनि आफूलाई सामान्य एउटा कोठामात्रै उपलब्ध गराएको बताए । उनले ओली प्रवृत्तिको विरोध गर्नुपर्ने भन्दै आफूले गलत प्रवृत्तिको आलोचना गरेकै कारण पार्टीबाटै निकालिएको बताए ।
प्रतिक्रिया