राजनीति

रवि छुटाउन वकिलको लर्को, देशकै एकसेएक अधिवक्ता पोखरामा


रास्वपा सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा दर्ता भएसंगै धमाधम बयान चलिरहेको छ । कास्की जिल्ला अदालतमा तीन पक्षका वकिलहरुको जमघटले माहोल गर्माएको छ । देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा जारीबयान सकिए पछि थुनछेक बहस चल्ने छ ।थुनछेक बहसपछि अभियुक्त पाँच जनालाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाउने वा छोड्ने भन्ने फैसला हुनेछ ।

पोखरामा हाल कानुन व्यवसायीहरुको कुम्भमेला नै लागेको छ । नेपालका एकसेएक नाम चलेका वकिलहरुयतिबेला पोखरा पुगेका छन् । जसमावरिष्ठ अधिवक्तासुशील पन्तदेखि नारायण घिमिरे, मेघराज पोखरेल,हरि सुवेदी लगायतका छन् । उनीहरुको यो जमघट कुनै अधिवेशन वा भेलाको भने होइन । सहकारी प्रकरणका आरोपित रवि लाछिानेसहितको मुद्दाकोबहसका लागि उनीहरुपोखरा पुगेका हुन् ।

पूर्वगृहमन्त्री लामिछानेको पक्षमा सोविता गौतमसहित झण्डै एक दर्जनभन्दा धेरै वकिलहरुपोखरामा छन् । सरकारी पक्षका वकिलहरु पनि आधा दर्जन जति छन् भने सहकारी पीडित पक्षका वकिलहरु एक दर्जनभन्दा बढी छन् । आरोपितहरु छविलाल जोशी, लिला पछाई,देव कुमार नेपाली लगायतका वकिलहरु पनि पोखरामा तैनाथ अवस्थामा छन् । यसले कास्की जिल्ला अदालत वरिष्ठ अधिवक्ताहरुको भिडले खचाखच भरिएको छ । देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा धमाधम रवि पक्ष, सरकारी पक्ष र सहकारी पीडित पक्षका वकिलहरुको बहस र अभियुक्तहरुको बयान पनि चलिरहेको छ ।

७३ दिनदेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेले कान्छा न्यायाधीश नीतिज राईको इजलासमा आफूलाई थुना बाहिर राखेर अदालतमा मुद्दा चलाइयोस् भन्दै माग गरिरहेका छन् । उनले सहकारी रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कुनै कसुर नगरेको भन्दै इन्कारी बयान दिँदै आएका छन् । सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत आइतबार रविसहित पाँच जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भए संगै धमाधम बयान चलिरहेको हो । आइतवारसम्म रवि, छवि र लिला लगायतको बयान सकिएको छ । अब बाँकी अभियुक्तहरुको बयान बुधवारसम्म सकिने र विहीवार सम्ममा लामिछाने लगायतको थुनछेक बहस सुरु हुने अनुमान गरिएको छ । थुनछेक बहसपछि हुनेफैसलामा तीन विकल्प छन् । पहिलो पूर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाउने, दोस्रो धरौटीमा छोड्ने र तेस्रो साधारण तारिखमा छाड्ने ।

सरकारवादी वकिलहरुले लामिछानेलाई थुनामा राखेर मुद्दा चलाउनु पर्ने माग सहित अदालतमा मुद्दा दर्ता गरेका छन् । रवि पक्षका वकिलहरुले भने लामिछानेको सहकारी रकम अपचलनमा कुनै पनि संलग्नता नरहेको भन्दै उनलाई निःशर्त रिहाइको माग गरिरहेका छन् । यद्यपि, सबै अभियुक्तहरुको बयान पछि हुने थुनछेक बहसले बाँकी कुराको निर्धारण गर्ने छ । साथै लामिछानेलाई थुनामा नपठाई अदालतले धरौटीमा छाडेको अवस्थामा भनेसंघीय संसद सचिवालयले निलम्बन गरेको उनको सांसद पद फुकुवा होला वा अन्तिम फैसला नआउन्जेल निलम्बन मै पर्छ ? त्यो भने हेर्न बाँकी छ ।