राजनीति

माधव नेपाललाई भेट्न केन्द्रीय कार्यालय पुगे वामदेव गौतम


काठमाडौं —नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले भेटेका छन् । अध्यक्ष नेपाललाई भेट्न गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए । भेटवार्तामा पार्टी एकताबारे छलफल भएको नेताहरूले बताएका छन् । नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी चलिरहेको छ ।