काठमाडौं–सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले गत पुस ११ गते कारबाही गरेर निकालेपछि नयाँ पार्टी गठनको तयारीमा रहेका पूर्वउपाध्यक्ष डा. भीम रावलले भेटघाटलाई तीव्र पारेका छन्। गत बुधबार एमालेको कारबाहीमा परेका रावलले सोमबार बिहान नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन् । उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको रावलनिकट स्रोतले पुष्टि गरेको छ । मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति र जोशी नेकपा एकीकृत समाजवादीका पूर्व केन्द्रीय सदस्य हुन् ।
राजनीति
प्रतिक्रिया