Breaking

यो सरकारलाई असफल हुने छुट छैन : डा. शेखर कोइराला


काठमाडौं — नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनको एजेन्डामा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मात्रै अघि बढ्दा गलत बाटोमा पुगिने बताएका छन् । आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले माओवादी, मधेशका दल, रास्वपा र अन्य दलहरूसँग मिलेर संविधान सुधारका कुरा अघि बढाउनुपर्ने जिकिर गरे । साथै, उनले कोइरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताए । उनले वर्तमान सरकारले भ्रष्टाचारका विषय नियन्त्रण गर्न नसकेको पनि बताए । नेता कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको पनि बताए ।