Breaking

पानी जहाजको कार्यालय आफै डुब्यो, कर्मचारी घाम ताप्छन्, ओलीको सपना पुरा होला ? (भिडियो)


काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली वाककलामा माहिर मानिन्छन् । आफ्नो हरेक भाषणमा अर्ती उपदेशका साथै विकासको सपना बाँड्न उनलाई कसैले टप्न सक्दैनन् ।

उनै ओलीहुन्, जसले नेपालीले सायदै मात्रकल्पना गरेको पानीजहाजको सपना बाँड्ने काम गरे । ६ वर्षअघि २०७४ सालको निर्वाचनमा एमालेले १० वर्षभित्र रेल र पानीजहाज सञ्चालन गर्ने योजना आफ्नो चुनावी घोषणापत्रमै समेटेको थियो । यस्तै, २०७९ को मंसिरमा सम्पन्न निर्वाचनमा समेत एमालेले आफ्नो घोषणापत्रमा रेल र पानीजहाजको सन्दर्भलाई थोरै उल्लेख गरेको थियो ।

पार्टीको घोषणापत्रमा समेटिएको पानीजहाज सञ्चालनगर्ने विषयलाई एमाले अध्यक्षएवं प्रधानमन्त्री ओलीले २०७४ को निर्वाचनताका र त्यसपछि पनि पटक– पटक जोडतोडले उठाउने गरेकाथिए । निर्वाचनमा पानीजहाजको सपना बाँडेका ओलीले नै २०७५ साल फागुन २ गते नेपाल पानीजहाज कार्यालयको स्थापना गर्दै उद्घाटनसमेत गरेकाथिए ।

यो कार्यालय स्थापनाभएको ६ वर्ष पूरा हुनलाग्दापनि नेपालले राष्ट्रिय ध्वजाबाहक पानीजहाज चलाउने कुरा सपनामै सीमितहुने देखिन्छ । पानीजहाज सञ्चालनकालागि आवश्यक कानुनसमेत बनाउन सकेको छैन ।

२०७४ को घोषणापत्रमा १० वर्षभित्र रेल र पानीज हाजचलाउने सपना बाँडिएको भएपनिउक्त सपना कहाँ पुग्यो भन्नेबारे स्वयम एमाले नै बेखबर देखिन्छ । यति सम्म कि आफैँले बाँडेको पानी जहाजको सपनाबारे ओली स्वयम्ले अहिले बेवास्ता गरिरहेका छन् । घोषणापत्रमै समेटेको एमालेले यस विषयमा ठोस समीक्षा समेत गर्ने आँट गरेको छैन।

त्यसो त आफ्ना हरेक भाषणमा अरुमाथि व्यंग्य, कटाक्ष र मजाकमा उडाउने एमाले अध्यक्ष ओलीको प्रवृत्ति नै देखिन्छ । तर, आफैँले घोषणा गरेर उद्घाटन समेत गरेको पानीजहाज कार्यालय र पानी जहाज चलाउने सपना अहिले उनकै लागि गिज्याउने र मजाकको विषयबन्दै गएको छ ।

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको डम्पिङ साइडको रुपमापानी जहाजकार्यालय ६ वर्षदेखि कामविहीन अवस्थामा रहेको छ ।

बाँकि भिडियो सहित)