Breaking

भीम रावल निकालेपछि ओलीमाथि खनिए, घनश्यामले मुखै फोरे(भिडियो)


काठमाडौं । डा.भीम रावलाई साधारण सदस्य समेत नरहने गरि नेकपा एमालेले कारबाही गरेपछि यसले राजनीतिक वृत्त तरङगित छ । धेरैले यसलाई अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता मान्दा एमालेका अन्य नेताको मौनतामाथि समेत प्रश्न गरेका छन् । जहाँ रावलले नै पनि ओलीको निर्णयको विरोध गर्न एमाले पंक्तिलाई सुझाव दिदाँ एमाले महासचिव शंकर पोखरेल भने रावले नै पार्टि छोडेको भन्दै पार्टिको निर्णयको बचाउँ गरेकाछन् ।

त्यस्तै अर्का नेता योगेश भट्टराईले ओलीसँग सुलह गर्न रावललाई सुझाव दिदाँ अन्य पार्टि नेताहरुले भने ओलीमाथि प्रश्न उठाईरहेका छन् । अर्थात एमालेका नेतालाई भन्दा अन्य दलका नेतलाई अहिले रावलको माया लागिरहेको छ । यो मामलामा हालसम्म माओवादी मौन रहेदा नेकपा एकीकृत समाजवादीले एक कदम अघि बढी र, पार्टिमा आउने निम्तो नै दिईसकेको छ । बाहिर न ओलीको न माधकुमार नेपाल कसैको पनि मान्छे बन्न नसकेको टिप्पणीकाबीच एकीकृत समाजवादीले बोलाएको रावल स्वयमले समेत स्वीकारेका छन् । यता रावलमाथिको कारबाहीबारे वोल्दै महासचिव घनश्याम भुसालले एमालेभित्र प्रश्न उठाएपछि सजाय भोग्नुपर्ने अवस्था रहेको नै बताएका छन् । ओलीले एमाले नेतृत्व नछोडे नेताहरुको उकुसमुकुस अझै बढ्ने बताएका उनले ओलीले जतिसक्यो चाडो नेतृत्व छोडे लोकतन्त्रका लागि राम्रो हुने समेत टिप्पणी गरेका छन् ।

यता रावलले त ओलीको भण्डाफोर गर्ने बताएका छन् । आफू कुनै पार्टिमा नजाने बताएका उनी नयाँ पार्टि खोल्नेमा समेत खाँसै ईच्छुक देखिदैनन् । बरु एमालेभित्र विद्यादेवी भण्डारीको सक्रियताबारे भईरहेको वहस परिपक्क होस भन्ने आशामा उनी देखिन्छन् । तर उनी जतिको मान्छे पार्टिमा आईदिए राम्रै हुने आशमा राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) समेत देखिन्छ । फलत ः प्रश्न उठाएकै कारण डा.मुकुल ढकाललाई निकाल्दा लोकतान्त्रिक भन्ने रास्वपाले समेत ओलीलाई निरंकुश भन्न भ्याएको छ ।

एमालेभित्रै पनि बौद्धिक मानिने र पुराना केहि नेताले रावलप्रति सहानुभूति नै देखाएका छन् । तर ओलीको हुँकारका अघि उनीहरुको स्वर मधुरो बन्दा कारबाहीको निर्णय नै पनि ओलीले पेलेरै लिएका थिए । यहि कारण अरुले देखाएको रावलप्रतिको मायाले तात्विक फरक नपारेपनि ओलीमाथिको प्रश्न भने यसले बलियो पारेको हो । यद्यपि राजनीतिक विश्लेषकहरु भने यो ओलीको शैली र प्रवृत्ती नै भएकोले नौलो मान्न नपर्ने तर्क गर्छन् ।


(बाँकि भिडियोसहित)