काठमाडौं । मूलत ः एउटा देशमा राष्ट्रपतिको फेरबदल हुन, कम्तिमा पनि ५ वर्ष कुर्नु पर्ने हुन सक्छ । तर दक्षिण कोरिया यस्तो देश बन्दैछ, जहाँ १४ दिनमा ३ राष्ट्रपति फेरिए ।सुन्दै अचम्म लाग्ने यो घटनाको अन्तर्यका पछाडी अस्थिर राजनीतिक कारण जोडिएको छ ।
दक्षिण कोरियाको संसदमा शुक्रबार प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक–सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित भएसंगै फेरि राजनीतिक बबण्डर सुरु भएको छ। महाअभियोग पारित भएसंगै राष्ट्रपतिहान डकपदमुक्त हुने भएका छन् ।यसलाई कार्यवाहक राष्ट्रपति भएको बेला महाअभियोग सामना गर्नुपरेको पहिलो घटना भनिएको छ । तीब्र राजनीतिक उथलपुथलका कारण दक्षिण कोरियाले दुई सातामा तीन राष्ट्रपति पाएको छ ।
गत मंसिर २९ गते राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग प्रस्ताव पारित भएसँगै डक–सू कार्यवाहक राष्ट्रपति बनेका थिए ।महाअभियोगको पक्षमा १९२ मत परेको थियो जुन आवश्यकभन्दा ५१ मत बढी हो । महाअभियोग प्रस्तावमाथि मतदान हुँदा संसदमा ठूलो हंगामा भएको थियो। सत्ता पक्ष र विपक्षको बीचमा धकेलाधकेलको अवस्था बनेको थियो ।
सत्तापक्षले मतदान बहिस्कार गरेसँगै कार्यवाहक राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा कुनै मत परेन । अब अर्थमन्त्री चोई सांग–मोकले कार्यवाहक राष्ट्रपतिको रूपमा पदभार सम्हाल्नेछन्।
यता राजनीतिले अर्कै मोडलिदा, तत्कालिनराष्ट्रपति यून सुक योलका समर्थक र विरोधीले शनिबार सडक प्रदर्शन गरेका छन् ।यही डिसेम्बरको सुरुमा सैनिक शासन लागु गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ । यसले देशलाई दशकौँयताकै सबैभन्दा खराब राजनीतिक संकटमा धकेलेको छ ।
(बाँकि भिडियोसहित)
प्रतिक्रिया