Breaking

सर्वोच्चको आदेशविपरीत ओलम्पिक कमिटीको निर्वाचन : अध्यक्षमा श्रेष्ठ निर्वाचित


काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा जीवनराम श्रेष्ठ लगातार तेस्रो पटक निर्वाचित, प्रत्याशीद्वारा बहिस्कार ।।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्ष पदमा लगातार तेस्रो पटक जीवनराम श्रेष्ठ निर्वाचित भएका छन ।

शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० भोटमध्ये २० भोट नै प्राप्त गर्दै श्रेष्ठ तेस्रो पटक निर्वाचित भएका हुन्। साता सदस्य भने मतदानमा सहभागी भएनन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर निर्वाचन नगर्न आदेश दिए पनि अनलाइनमार्फत गरिएको चुनावमा श्रेष्ठ अध्यक्ष बनेका हुन् ।

अध्यक्षमा निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर उनीहरुले भोट पाएनन् । निलेन्द्रसहित ७ जनाले भने निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै चुनाव बहिस्कार गरेका छन् । यो चुनाव नगराउनु भनि दुई दिन अघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।

यसअघि पनि पाटन उच्च अदालतले साधारण सभा र विधान संसोधन रोक्न आदेश दिएको थियो । त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले, नेपाल ओलिम्पक कमिटीको निर्वाचनमा भाग नलिन खेल संघहरुलाई निर्देशन दिएको थियो ।

राखेपले, सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको पालना गर्न खेल संघहरुलाई पत्र पठाएको थियो । तर २० खेल संघ सहभागी बनेका हुन् ।