दक्षिण कोरियाको एक विमानस्थलमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको योनहाप समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीले जनाएको छ ।
मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको समाचारमा उल्लेख छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।
एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए, विमान मुआन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रतिक्रिया