काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
सिंहको दिल्लीको निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र लोकसभाका विपक्षी नेता राहुल गान्धी पूर्व प्रधानमन्त्रीलाई अन्तिम बिदाइ गरेका हुन् ।
आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारत सरकारले सात दिन राजकीय शोक घोषणा गरेको छ ।
सिंह स्न २००४ देखि १० वर्षसम्म लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेकाथिए । सिंहले आर्थिक संकटबाट भारतलाई जोगाउनुभएको थियो । सिंहको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ ।
प्रतिक्रिया