Breaking

अहिलेको सरकारलाई झुकाएरै छोड्छौँ : मेटमणि चौधरी


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाएकाछन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलाल पुँजीपतिहरुको लागि बनेको सरकारले श्रमीकहरुको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरे ।

श्रमीकहरुको पक्षमा आफ्नो पार्टीले संसद र सडकमा साथ दिने भन्दै अहिलेको सरकारलाई कुनैपनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा काम गर्न नदिने बताए । वर्तमान सरकारलाई श्रमीकको पक्षमा झुकाएरै छोड्ने उनको दाबी छ ।


श्रमीकको पक्षमा ध्यान दिन सरकारले नसकेको जिकिर गरे ।