काठमाडौं, नेपाल – पौष ११, २०८१ – आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पस (SIC) मार्फत सामसङ नेपालले नेपालीयुवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ। त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमाआयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ। यसका साथसाथै, कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमाप्रवेश गर्ने ६० जनाविद्यार्थीहरूको पनि स्वागत गरेको छ।
सन् २०२२ मा सुरु भएदेखि, एसआईसीले युवाहरुलाई चौथो औद्योगिकक्रान्तिको लागिआवश्यकसीपहरू प्रदान गरीभविष्यकालागितयार हुने सामसङको “टुगेडर फर टुमरो! इन्एबलिंगपिपल“ को उदेश्यलाई अघि बढाउन निर्णायकभूमिका खेलेको छ। लगभगपाँचमहिनाको दौरानमा सम्पन्नभएको यो एआई पाठ्यक्रम, उन्नतएआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको थियो।
प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालकाप्रमुखश्री इन सु किम, त्रिभुवनविश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवनविश्वविद्यालय इन्स्टिच्युट अफइन्जिनियरिङका क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्य, त्रिभुवनविश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के.सी र डिन प्रा डा सुशीलबीबज्राचार्य लगायतको उपस्थिति रहेको थियो।
“सामसङमा, ’टुगेडर फर टुमरो! इन्एबलिंगपिपल’ को हाम्रो उदेश्यले हामीलाई नवप्रवर्तन र शिक्षामार्फत युवाहरूलाई सशक्तिकरण गर्न प्रेरित गर्ने गर्दछ। यीविद्यार्थीहरूको समर्पण देखेर र उनीहरूको उपलब्धिहरू मनाउनपाउँदाहामीलाई गर्व लाग्छ। तिनीहरूले भविष्यमासिर्जना गर्ने प्रभाव देखेर हामीउत्साहित छौं,“ इन सु किमले भने।
कार्यक्रमको पाठ्यक्रमले एआई, आईओटि, बिग डाटा, र कोडिङमा उन्नतप्राविधिक प्रशिक्षण गर्नुको साथै समस्या समाधान र रचनात्मकता जस्ता आवश्यक सफ्ट–स्किलहरूलाई पनिजोड दिन्छ। यस इनिसिएतिभको एक अद्वितीयपक्षयसको प्र्यक्तिकलएप्लीकेसन खण्ड हो, जहाँविद्यार्थीहरूले उनीहरूले सिकेका प्रविधिहरू प्रयोग गरेर वास्तविक–विश्व मुद्दाहरूलाई सम्बोधन गर्छन्।
त्रिभुवनविश्वविद्यालय इन्स्टिच्युट अफइन्जिनियरिङका डीन प्रा डा सुशीलबीबज्राचार्यले कार्यक्रमको परिवर्तनकारी प्रभावलाई उल्लेख गर्दै भने, “एआई पाठ्यक्रमको सफल समापनहाम्राविद्यार्थीहरूलाई यस कार्यक्रमले ल्याएको ठूलो मूल्यको प्रमाण हो। नेपालको युवाहरूमानवप्रवर्तनलाई बढावा दिन सामसङको प्रयासलाई गहिरो सराहनागरिन्छ, र हामीनिरन्तर सहयोगको लागितत्पर छौं।“
आगमनब्याचको लागि डिजाइन गरिएको कोडिङ र प्रोग्रामिङ पाठ्यक्रमले विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र वास्तविक संसारको प्रोग्रामिङमाआधारभूत र उन्नत ज्ञान प्रदानगर्नेछ। यस पहलको उद्देश्य नेपालमा एक बलियो नवप्रवर्तन इकोसिस्टमको पालनपोषण गर्नु हो, जसले विद्यार्थीहरूलाई विकसित डिजिटल परिदृश्यमा फस्टाउन तयार पार्नेछ।
शिक्षा र नवप्रवर्तनप्रतिनिरन्तर प्रतिबद्धताले सामसङको दिगो, सकारात्मक परिवर्तन सिर्जना गर्ने विश्वासलाई जोड दिन्छ। सामसङ इनोभेसन क्याम्पस जस्ता पहलहरू मार्फत कम्पनीले नेपाल र नेपालबाहिरका लागिउज्यालो भविष्यनिर्माण गर्न नयाँ पुस्ताकाआविष्कारकहरूलाई सुसज्जितगरिरहेको छ।
प्रतिक्रिया