Breaking

उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा तथा काज (सूचीसहित)


काठमाडौँ न्याय परिषद्ले उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा तथा काज गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार उच्च अदालत पाटनमा दरबन्दी रहेर विशेष अदालत काठमाडौंमा काजमा रहेका खुशीप्रसाद थारुको उच्च अदालत अदालत जनकपुर अन्तर्गतको अस्थायी इजलास वीरगञ्जमा सरुवा भएको छ भने उच्च् अदालत जनकपुर अन्तरगतको राजविराज इजलसमा कार्यरत मातृकाप्रसाद भण्डारीको उच्च अदालत सुर्खेतमा सरुवा भएको छ ।

यस्तै उच्च अदालत विराटनगर अन्तर्गतको अस्थायी इजलास ओखढुंगामा कार्यरत हरिप्रसाद भण्डारी उच्च अदालत तुलसीपुरमा सरुवा भएको छ ।