राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक तय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीको केन्द्रीय विभागमा मनोनय, आगामी केन्द्रीय समिति बैठक तयारी र विविध विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता झाले जानकारी दिए । रास्वपाका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि दोस्रोपटक सचिवालय बैठक बस्न लागेको हो। अघिल्लो बैठकले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति तोकेको थियो।