काठमाडौँ – सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्मा विचाराधीन विधेयकबारे विपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित कार्यदलको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
‘संसद्मा विचाराधीन विधेयकबारे विपषी दलहरूसँग छलफल गर्ने निर्णय गरेका छौं,’ बैठकबारे जानकारी दिँदै कांग्रेस सांसद जीवन परियारले भने ।
उनका अनुसार विपक्षी दलसँग छलफलका लागि मुख्य जिम्मेवारी कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलालाई दिइएको छ ।
प्रतिक्रिया