Breaking

संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दै


काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चार समितिको बैठक बस्दैछ । आज अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्राविधिक समितिको बैठक बस्न लागेको हो । अर्थ र पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे तथा राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

अर्थ समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ । यसैगरी, राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्त बनेको विधेयक सम्बन्धमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने तयारी छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।